१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १५ शनिबार १८:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वाधार क्षेत्रका लागि एक खर्ब ६३ अर्ब विनियोजन, रेलमार्गलाई १० अर्ब, काठमाडौंमा एक सय विद्युतीय बस सञ्चालन गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १५ शनिबार १८:०१:००

सरकारले आगामी वर्षका लागि पूर्वाधार क्षेत्रका निम्ति एक खर्ब ६३ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । पूर्व–पश्चिम राजमार्ग विस्तार, मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्गजस्ता पूर्वाधारमा यो रकम खर्च गरिनेछ । 

त्यस्तै, तीन सय पुल निर्माण गरिनेछ । पुल निर्माणमा मात्र ११ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ । 

राष्टिय राजमार्ग प्राधिकरण निर्माण गर्न विज्ञ टोली गठन गरिनेछ । त्यस्तै, आगामी वर्षभित्रमा काठमाडौं उपत्यकामा एक सयवटा विद्युतीय बस सञ्चालन गरिनेछ । रेल यातायातका लागि १० अर्ब ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।  

आगामी वर्ष रक्सौल काठमाडौं र केरुङ काठमाडौं रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन तयार गरिनेछ । यसअघि सरकारले नियन्त्रणमा लिएको यातायात समितिको अचल सम्पत्तिलाई कम्पनीमा परिणत भएपछि परिवर्तित कम्पनीलाई उपलब्ध गराउने भएको छ ।