नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा ठम्मरबहादुर विष्ट चयन भएका छन् । माओवादी केन्द्रको संसदीय दलको बैठकले विष्टलाई संसदीय दलको प्रमुख सचेतकमा चयन गरेको हो ।
संसदीय दलको बैठकले विष्टलाई संसदीय दलको सचेतकमा चयन गरिएको कर्णाली प्रदेशका मुख्यमन्त्री तथा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले बताए । ‘माओवादी केन्द्रको संसदीय दलको विधानअनुसार प्रमुख सचेतकमा सांसद विष्टलाई चयन गरिएको छ,’ उनले भने, ‘नयाँ जिम्मेवारीमा उहाँको महत्वपूर्व भूमिका हुनेछ ।’
नेकपा विभाजन हुँदा नेकपा एमालेको ओली पक्षमा लागेका सांसद विष्ट अदालतले नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताएपछि माओवादी केन्द्र नै फर्किएका थिए ।