१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ १४ शुक्रबार १४:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि बहस सकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ १४ शुक्रबार १४:०२:००

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते गरेको प्रतिनिधिसभा विघटनको विरुद्ध परेका रिटमाथि बहस शुक्रबारका लागि सकिएको छ । आज एक दर्जन भन्दा अधिवक्ताले बहस गरेका छन्  । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराले बाँकी बहस आइतबारको इजलासमा हुने जानकारी दिए । 

विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गर्न शुक्रबार गठित संवैधानिक इजलासमा  प्रधानन्यायाधीशको नेतृत्वमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सहभागी थिए ।