मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका विराटनगर
२०७८ जेठ १४ शुक्रबार ११:२०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

वान अध्यक्ष चन्द्र न्यौपानेको कोरोना संक्रमणबाट निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७८ जेठ १४ शुक्रबार ११:२०:००

व्यावसायिक रेडियो प्रसारकहरूको संस्था  ब्रोडकाष्टिङ एसाेसिएसन अफ नेपाल (वान) का अध्यक्ष तथा सरकारी विज्ञापन प्राधिकरण सदस्य चन्द्र न्यौपानेको कोरोना संक्रमणबाट निधन भएको छ । 

न्यौपाने इटहरीस्थित सप्तकोसी एफएमका स्टेसन म्यानेजर पनि हुन् ।  मोरङको बुढीगंगा गाउँपालिका- २ टंकीस्थित विराट मेडिकल कलेजको कोभिड अस्पतालमा २८ वैशाखदेखि उपचार गराइरहेका ५० वर्षीय न्यौपानेको शुक्रबार बिहान साढे ८ बजेतिर निधन भएको अस्पतालका कोभिड फोकलपर्सन सुनिल देवले जानकारी दिए ।

अस्पतालका अनुसार कोरोना संक्रमणबाट सिकिस्त भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।