१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १४ शुक्रबार ०९:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एसइई र कक्षा १२ को परीक्षाको तीन विकल्पमा प्रतिवेदन पेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १४ शुक्रबार ०९:०५:००

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) र कक्षा १२ को परीक्षा सञ्चालनका विषयमा सुझाब लिन गठन गरेको समितिले बिहीबार प्रतिवेदन बुझाएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले तीन विकल्पसहितको प्रतिवेदन राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेललाई बुझाएको छ । 

कोभिड–१९ को संक्रमण उस्तै रहेमा, संक्रमण घट्दै गए पनि जोखिम उस्तै भएमा र संक्रमण घटेर सामान्य अवस्था भएमा के गर्ने भन्नेमा विभिन्न विकल्पसहितको प्रतिवेदन बुझाएको हो ।

बोर्डका अध्यक्ष पौडेलले छिमेकी देशको अभ्यास र नेपालमा के गर्न सकिन्छ भन्ने विकल्पसहितको प्रतिवेदन आएको बताए । अब छिट्टै बोर्ड बैठक बसेर परीक्षाको विषयमा निर्णय गर्ने उनले जानकारी दिए ।