मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७८ जेठ १३ बिहीबार १०:३६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोनाका कारण कञ्चनपुरमा स्वास्थ्यकर्मीको निधन 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७८ जेठ १३ बिहीबार १०:३६:००

कोरोना संक्रमणका कारण कञ्चनपुरमा एक स्वास्थ्यकर्मीको निधन भएको छ । बेदकोट नगरपालिका स्वास्थ्य शाखामा कार्यरत नर्सिङ निरीक्षक सरस्वती कार्कीको निधन भएको हो । पहिलो र दोस्रो लहरमा चलेको कोरोना संक्रमणका वेला जनताको स्वास्थ्य सुरक्षामा खटिएकी स्वास्थ्यकर्मी सरस्वती एक साताअघि संक्रमित भई घरमै आइसोलेसनमा बसेकी थिइन् । 

बेदकोट नगरका प्रमुख अशोककुमार चन्दले संक्रमित भई घरमै बसेकी सरस्वतीलाई उपचारका लागि महाकाली अस्पताल ल्याएको बताए । ‘महाकाली अस्पतालबाट कोहलपुर मेडिकल कलेजमा उप उपचारका लागि लगियो,’ मेयर चन्दले भने, ‘स्वास्थ्य सुधारोन्मुख हुँदा एक्कासि गएराति दुःखद निधन भयो ।’ 

नर्सिङ निरीक्षक कार्कीको निधनले कञ्चनपुरलाई अपूरणीय क्षति र दक्ष जनशक्ति गुमाएको मेयर चन्दले बताए । दोस्रो लहरमा चलेको महामारीका कारण निधन हुने उनी पहिलो स्वास्थ्यकर्मी हुन् ।