मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ६ सोमबार १३:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेकपा सचिवालय बैठक : कार्यदलका सदस्यसँग सामूहिक छलफल गर्ने निर्णय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ६ सोमबार १३:२६:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदलका सदस्यहरुसँग छलफल गर्ने निर्णय गरेको छ । 

पार्टीको सचिवालयको सोमबार बिहान बसेको बैठकले कार्यदलले बुझाएको प्रतिवेदनबारे टुंगो लगाउन कार्यदलका सदस्यहरुसँगै एक पटक सामूहिक छलफल गर्ने निर्णय गरेको हो । यही फागुन ९ गते बिहान ९ बजे नै  कार्य दलका सदस्यहरुसँग सामूहिक छलफल गरेर पार्टीको सांगठनिक एकीकरण सम्बन्धि आवश्यक नीति र निर्णय लिने निर्णय गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

रामबहादुर थापा नेतृत्वको कार्य दल भित्र विवाद भएपछि पार्टी एकतासम्बन्धि टुंगो लगाउने कामलाई पूर्णता नदिई कार्य दलले आफ्नो प्रतिवेदन सचिवालयमा बुझाएको थियो । बैठकमा सो कार्य दलको बुझाएको प्रतिवेदनमाथि छलफल गर्दै सो सम्बन्धमा आवश्यक नीति र निर्णय लिन कार्यदलका सदस्यहरुसँग सामूहिक रुपमै छलफल गर्ने निर्णय गरिएको हो । 

पार्टीको सांगठनिक एकताको कामलाई टुंगो लगाउने जिम्मेवारी पाएको सचिवालय सदस्य थापा, महासचिव विष्णु पौडेलसहितको कार्य दलले अधुरो प्रतिवेदन बुझाएपछि त्यसलाई पूर्णता दिन सचिवालय बैठकले कार्य दलका सदस्यहरुसँग पुनः एक पटक छलफल गर्ने निर्णय गरेको हो । प्रदेश कमिटी गठनको निर्णय सच्याउन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अडान लिएपछि कार्य दलले आफ्नो कामलाई अघि बढाउन नसकेको थिएन ।