१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ६ सोमबार १२:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ६ सोमबार १२:५९:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी छ । बैठकमा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन माथि छलफल हुनेछ । भातृ संगठन एकताका विषयमा देखिएको विवादमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो। 

पार्टी एकता प्रक्रिया लम्बिएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड आफैँले प्रस्ताव तयार गरेर एकता प्रक्रिया टुंग्याउने तयारी थालेसँगै सचिवालय बैठक बसेको हो । 

तल्लो तह र जनवर्गीय संगठनको एकताबारे दुई अध्यक्षबीच आइतबार पनि छलफल भएको थियो। छलफलपछि सोमबार सचिवालय बैठक बसेको हो ।