मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ११ मंगलबार ०६:४९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोभिड–१९ रोकथाममा सारडा ग्रुपको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ११ मंगलबार ०६:४९:००

कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका कदमहरूलाई सारडा ग्रुप तथा यसअन्तर्गतका कम्पनीले विभिन्न सहयोग गरेका छन् । ग्रुपले आइसोलेसन सेन्टर निर्माणदेखि बिरामीलाई निःशुल्क औषधि र खानासमेतको सहयोग गरेको हो । 

मोरङको दुहबी नगरपालिकाअन्तर्गत ३० बेडको आइसोलेसन सेन्टर र १५ बेडको आइसियू भएको कोभिड अस्पताल सञ्चालनका लागि सम्पूर्ण बिरामीका लागि निःशुल्क अक्सिजन र निःशुल्क औषधि उपलब्ध गराउने जिम्मेवारी लिएको ग्रुपले जनाएको छ । त्यस्तै, बिरामीका लागि निःशुल्क प्याकेट फुड र बिरामी कुरुवाहरूका लागि निःशुल्क भोजनको समेत व्यवस्था गरेको जनाइएको छ ।

ग्रुपले नेपाल उद्योग परिसंघमार्फत काठमाडौंमा अक्सिजन प्लान्ट सञ्चालनका लागि सहयोग गर्नुका साथै माडवारी सेवा समितिअन्तर्गत गौशालामा रहेको ५१ बेडको आइसोलेसन सेन्टर सञ्चालनका लागि ४ लाख रुपैयाँ नगदका साथै बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराइरहेको जनाएको छ । त्यस्तै, सिराहाको लाहान नगरपालिकामा बनेको २५ बेडको आइसोलेसन सेन्टरलाई निःशुल्क औषधि र निःशुल्क अक्सिजन उपलब्ध गराउने पूर्ण रूपमा जिम्मेवारी लिएको जनाइएको छ । साथै, कोभिडका बिरामी र बिरामी कुरुवाका लागि निःशुल्क भोजन उपलब्ध गराउनका लागिसमेत पहल गरिरहेको ग्रुपले जनाएको छ । 

सारडा ग्रुपको समेत लगानी रहेको शिवम् सिमेन्ट र होङ्सी शिवम् सिमेन्ट कम्पनीहरूले समेत व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कामहरू गरिरहेको जनाइएको छ । होङ्सी शिवम् सिमेन्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २ सय थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको जनाइएको छ । त्यस्तै, शिवम् सिमेन्टले मकवानपुरमा रहेको अस्पतालमा आइसियू र आइसोलेसनसहितको कोभिड सेन्टरका लागि ३५ थान बेड उपलब्ध गराएको तथा बिरामीका लागि निःशुल्क अक्सिजन र औषधि उपलब्ध गराइरहेको ग्रुपले जनाएको छ ।