मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ २८ शुक्रबार
  • Friday, 11 June, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १० सोमबार १८:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल र खनालसहित ११ सांसद एमालेबाट निष्कासित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १० सोमबार १८:५५:००

सत्तारुढ एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित विघटित प्रतिनिधिसभाका ११ सांसदलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । 

प्रधानमन्त्रीनिवास, बालुवाटारमा बसेको बैठकले नेपाल र खनालसहितलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासनको कारबाही गरेको एक नेताले जानकारी दिए ।

स्थायी कमिटी बैठकले नेपाल, खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणीकुमारी खड्कालाई कारबाही गरेको हो ।

पाण्डे र भुसालसहित १२ जनालाई २४ घन्टे स्पष्टीकरण  
बैठकले विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्न हस्ताक्षर गर्ने नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसलसहित १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । 

स्थायी समिति सदस्य छविलाल विश्वकर्माका अनुसार पाण्डे र भुसालसहित १२ नेतालाई २४ घन्टाभित्र स्पष्टीकरण बुझाउने गरी पत्र काटिएको जानकारी दिए । त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै एमालेले २४ घन्टाभित्र मन्त्री छाड्न पनि सांसदहरूलाई निर्देशन दिएको छ ।