नेपालमा थप सात हजार चार सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर सात हजार चार सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या पाँच लाख २० हजार चार सय ६१ पुगेको छ ।
पछिल्लो २४ घन्टामा सात हजार एक सय ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुने संक्रमितको संख्या तीन लाख ९८ हजार चार सय ८३ पुगेको छ ।
देशभर थप एक सय ८५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर मृत्यु हुने संक्रमितको संख्या ६ हजार पाँच सय ३१ पुगेको छ ।