मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ जेठ ९ आइतबार २०:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सत्तास्वार्थको सौदाबाजीमा सरकारले नागरिकता विधेयक ल्यायो : नेविसंघ

Read Time : < 1 मिनेट
२०७८ जेठ ९ आइतबार २०:१६:००



संसदमा विचाराधीन रहेको अवस्थामा सत्तास्वार्थको निम्ति नागरिकताजस्तो संवेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरताबीच सरकारले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेको भन्दै नेविसंघले भर्त्सना गरेको छ । 

आफ्नो स्वार्थ पूरा गर्न जनतालाई विभिन्न खालका भ्रम सिर्जना गरेर यस्ता देशलाई खाडलमा हाल्ने योजनामा प्रधानमन्त्री र राष्ट्रपति निरन्तर तल्लीन रहेको नेविसंघको ठहर रहेको छ । 
नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले आइतबार वक्तव्य जारी गरी संसदीय समितिले छलफल र पास गरेर सदनमा पेस गरिसकेको अवस्थामा पनि अध्यादेश ल्याउनु संविधानमाथि ठाडो चुनौती, संविधान र विधि विधानमाथिको हस्तक्षेप भएको बताएका छन् । 

वक्तव्यमा भनिएको छ, ‘नागरिकता विधेयक समितिले पास गरेर सदनमै पेस गरिसकेको र प्रक्रिया अगाडि बढिसकेपछि अध्यादेश ल्याउन मिल्दैन र अध्यादेशबाट मुलुक चलाउने पनि होइन, सदन नचलेका वेला, मुलुकलाई साह्रै अप्ठ्यारो प¥यो र कानुन चाहिने वेला, बाधा अड्काउ फुकाउनुपर्ने स्थिति भयो भने मात्र अध्यादेश जारी गर्ने सकिने हो, सामान्य अवस्थामा अध्यादेश ल्याउने होइन । तसर्थ संविधान, कानुन र व्यवस्थालाई नै चुनौती दिएर मुलुकलाई अराजक, स्वेच्छाचारी ढंगले चलाउन खोज्ने प्रयास र प्रवृत्तिका विरुद्ध निरन्तर सशक्त प्रतिवाद र संघर्ष गर्न अपिल गर्दछु ।’