१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ८ शनिबार २०:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गगन थापाको प्रतिक्रिया– राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बिचरा ! 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ८ शनिबार २०:४४:००

कांग्रेस नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नै कर्म र प्रवृत्तिले सम्मानको शिखरमा अडिन नसकेर ओराले जिकिर गरेका छन् । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता कांग्रेसमा नरहेको अभिव्यक्ति दिएको केही समयपछि थापाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । 

थापाले भनेका छन्, ‘राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बिचरा ! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड !! सम्माननीय राष्ट्रपति बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको ? आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो ।’