मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७८ जेठ ८ शनिबार १०:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधान र लोकतन्त्रमाथिको प्रहारलाई जनताले क्षमा गर्ने छैनन् : प्रकाशमान सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७८ जेठ ८ शनिबार १०:२१:००

कांग्रेस नेता प्रकाशमान सिंहले राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधान र लोकतन्त्रमाथि भएको प्रहारलाई नेपाली जनताले क्षमा नगर्ने बताएका छन् । उनले जनताले पाँच वर्षका लागि निर्वाचित गरेको संसद भङ्ग गरेर यो महामारीका बेला जनताको जीवन बचाउन होइन, मत माग्न जाऊ भन्नु निकृष्ट कार्य भएको टिप्पणी गरेका छन् ।

‘जनताले ५ वर्षका लागि निर्वाचित गरेको संसद भंग गरेर यो महामारीको बेलामा जनताको जीवन बचाउन होइन, मत माग्न जाउँ भन्नू कुन मानवीयताले दिनसक्छ । यो निकृष्ट कर्म हो । प्रधानमन्त्री र राष्ट्रपतिको योजनाबद्ध षडयन्त्रबाट संसद माथि प्रहार गरेर संविधान, लोकतन्त्र र परिवर्तनका एजेन्डाहरूलाई समाप्त गर्न खोजिएको घटनाको जति भत्सर्ना गरेपनि कम नै हुन्छ,’ नेता सिंहले फेसबुकमार्फत भनेका छन्, ‘देशले कसैको सनक र अंहकारको मूल्य चुकाउन सक्दैन । मध्यरातमा चालिएको असंवैधानिक कदमको म घाेर भर्त्सना गर्दछु ।'