१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७८ जेठ ८ शनिबार ०९:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री र राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हाले  : गगन थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७८ जेठ ८ शनिबार ०९:४५:००

कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री र  राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हालेको बताएका छन् । नेता थापाले राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्नुपर्नेमा जाेड  दिएका छन् । 

‘महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यही र यत्तिमै रोकिनेवाला छैनन् । नेतागण ! नअल्मिलिऔँ, खुट्टा नकमाऔँ ! सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौँ,’ थापाले सामाजिक सञ्जालमार्फत् भनेका छन् । 

नेता थापाले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले मिसन नै बनाएर संसद् र संविधानको हुर्मत लिएको आराेप लगाएका छन् । ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद् ! विघटन, पुनर्स्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६ (३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६ (५) को आह्वान, अनुकुल नभएपछि फेरि विघटन, कस्तो सेटिङ ! प्रक्रिया त देखाउन मात्र थियो, यिनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो लिए,’ थापाले भनेका छन् ।