मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ७ शुक्रबार ०६:१९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

योजना आयोगको उपाध्यक्षमा पुनः कँडेल नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ७ शुक्रबार ०६:१९:००

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कँडेल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कँडेलसहित सदस्यहरू डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई नियुक्त गरेको हो ।

पुनः नियुक्तिपश्चात् बिहीबार सिंहदरबारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीसमक्ष शपथग्रहण गरेका हुन् ।