१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दीपक अधिकारी काठमाडाैं
२०७८ जेठ ५ बुधबार १५:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, चार मन्त्रीले लिए शपथ, दीपक मनाङेको बाँकी

Read Time : < 1 मिनेट
२०७८ जेठ ५ बुधबार १५:५६:००

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री गुरुङले मन्त्रीमा पुरानै अनुहार दोहो¥याएका छन् । 

किरण गुरुङलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । पूर्वमन्त्रीहरू रामशरण बस्नेत, नरदेवी पुन र विकास लम्साल पनि पुनः नियुक्त भएका छन् । 

बस्नेत, पुन र लम्सालको मन्त्रालय तोकिएको छैन । यसअघि बस्नेत भौतिक पूर्वाधार, पुन, सामाजिक विकास र लम्साल उद्योग, पर्यटन र वातावरणमन्त्री थिए । 

मनाङेबाहेक सबै मन्त्रीले प्रदेश प्रमुख सीता पौडेलबाट शपथ लिएका छन् । मनाङे भने काठमाडौंमा रहेकाले शपथ लिन छुटेका हुन् । पोखरा फर्किएपछि उनको शपथ हुनेछ ।