मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ४ मंगलबार १६:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चीनबाट प्राप्त सिलिन्डर नेता र सांसदको घरमा राखेको बारेमा छानबिन गर्न माओवादी नेता पुनको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ४ मंगलबार १६:०७:००

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले चीनबाट प्राप्त अक्सिजनका सिलिन्डर नेता र सांसदका घरमा राखिनु राज्यशक्तिको दुरुपयोग भएको भन्दै छानबिनको माग गरेका छन् । केही दिनअघि चीनबाट सहयोगस्वरूप कोरोनाका गम्भीर बिरामीका लागि प्रयोग गर्न ल्याइएका सिलिन्डर केही नेता र सांसदका घरमा स्टक राखेको पाइएपछि आलोचना भइरहेको छ ।

माओवादी केन्द्रका नेता पुनले मंगलबार यही विषयमा सामाजिक सञ्जालमार्फत छानबिन गरी सार्वजनिक गर्न र प्राथमिकताका आधारमा वितरण गर्न अनुरोध गरेका हुन् । ‘चीनबाट प्राप्त सिलिन्डर सत्तारुढ दलका नेता, सांसद र आफन्तको घरमा राखिनु वा पहुँचको आधारमा वितरण गर्नु राज्यशक्तिको दुरुपयोग एवं भ्रष्टाचार हो । तुरुन्त छानबिन गरियोस् । सरकारले सिलिन्डर कहाँ, कसरी वितरण गरियो, सार्वजनिक गरोस्,’ पुनले ट्विट गरेका छन्, ‘प्राथमिकताको निर्धारण गरी वितरण गरियोस् न पक पहुँचका आधारमा ।’

मंगलबार मात्रै नयाँ पत्रिकाले ‘प्रणाली भत्कियो, टुट्यो भरोसा ः बलबुताका आधारमा सिलिन्डर व्यवस्थापन गर्दै सांसद र मन्त्री’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।