मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १ शनिबार ०७:५२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोभिड–१९ लाई सामना गर्ने बजेट ल्याउँछौँ : अर्थमन्त्री पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १ शनिबार ०७:५२:००

नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताएका छन् । अर्थ मन्त्रालयमा पुनः पद बहालीपछि अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको उल्लेख गर्दै कोभिड–१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान र गतिशील बनाउने संकल्पका साथ बजेट ल्याउने बताएका हुन् ।

उनले कोभिड–१९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामथ्र्य परिचालित गर्ने भन्दै कोभिड–१९ विरुद्धको लडाइँलाई थप सघन र प्रभावकारी बनाउने बताए । उनले कोभिड–१९ बाट संक्रमित भएकाहरूको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरूलाई अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

अक्सिजन प्लान्ट जडानलाई पौने ६ करोड बजेट स्वीकृत
पदभारसँगै अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगन्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गरेका छन् । पदभार ग्रहण गर्नुअघि अर्थमन्त्री पौडेललाई अर्थसचिव शिशिरकुमार ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी, सहसचिवहरूलगायतले स्वागत गरेका थिए ।