१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ बैशाख ३० बिहीबार १७:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते 

Read Time : < 1 मिनेट
२०७८ बैशाख ३० बिहीबार १७:५८:००

लमजुङमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन् । बिहीबार दिउँसो जंगलमा घाँस काट्ने क्रममा भालुको आक्रमणबाट मस्र्याङ्दी गाउँपालिका–  ३ सिउरुङकी ४५ वर्षीया आइतकुमारी गुरुङ घाइते भएकी हुन् । 

सिउरुङ गाउँभन्दा माथि च्याल्दो जंगलमा घाँस काट्ने क्रममा भालुले आक्रमण गरेको आइतकुमारीका छोरा तुलराज गुरुङले बताए । गम्भीर घाइते महिलाको अनुहार, देब्रे खुट्टा र  पाखुरामा चोट रहेको तुलराजले बताए । महिलालाई गाउँमा रहेको स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल लमजुङमा ल्याइएको छ ।