मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ बैशाख ३० बिहीबार १०:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ बैशाख ३० बिहीबार १०:२८:००

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका– ३ का ४४ वर्षीय जितबहादुर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई ‘मर्निङवाक’का समयमा बिहीबार बिहान रतुवामाई वृक्षरोपण आयोजना क्षेत्रमा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए । हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।