मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २९ बुधबार १०:००:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नेपाल एपिएफ अस्पताललाई नाडाको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २९ बुधबार १०:००:००

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपाल एपिएफ अस्पताललाई स्वास्थ्यसम्बन्धी विभिन्न सामग्री सहयोग गरेको छ । एसोसिएसनले सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक स्लिपर ५० सेट, थर्मोसल व्वाइलेट ५० सेट, बेड सिट ५० वटा, टावेल ५० वटा र मास्क ५ हजार थान प्रदान गरेको हो । 

एसोसिएनले एपिएफ अस्पतालअन्तर्गतको कोभिड–१९ युनिफाइड अस्पतालका प्रा.स.प्र. उपमहानिरीक्षक डा. मीना कुँवरलाई नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले स्वास्थ्यसम्बन्धी सामग्री हस्तान्तरण गरेको जनाइएको छ । सामानहरू हस्तान्तरण गर्दै अध्यक्ष दुलालले नाडाको तर्फबाट सक्दो थप सहयोगसमेत गर्ने प्रतिबद्धता जनाएको एसोसिएसनले जनाएको छ । 

कार्यक्रममा डा. मीना कुँवरले बन्दाबन्दीको अवस्थामा प्राप्त मेडिकेटेड सामानहरू अस्पतालमा आएका विपन्न परिवारका सदस्यहरूलाई वितरण गरिने बताइन् ।