१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २९ बुधबार ०९:१९:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोभिड भाइरसविरुद्धको भ्याक्सिनबारे फैलिएका भ्रमहरू

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २९ बुधबार ०९:१९:००

कोभिड भाइरसको दोस्रो लहरले नेपालमा संक्रमण र मृत्युदरको नयाँ रेकर्ड बनाइरहेको छ । कोरोना महामारीको पहिलो लहरमा भाइरसले प्रतिरोधी क्षमता कम भएका, दीर्घरोगी र वृद्धवृद्धामा असर पुर्‍याए पनि दोस्रो लहरमा भने १८ देखि ४० वर्ष उमेर समूहका मानिस बढी प्रभावित हुन थालेका छन् । योसँगै बालबालिका पनि संक्रमणबाट प्रभावित हुन थालेका छन् । अस्पताल भर्ना हुने दर र मृत्युदरमा पनि वयस्कहरू बढी छन् । यसकारण संक्रमणको दोस्रो लहर निकै नै जोखिमपूर्ण भएकाले सजगता अपनाउन चिकित्सकहरूले आग्रह गरिरहेका छन् ।

कोभिड भाइरसविरुद्धको भ्याक्सिनेसन अभियानले संक्रमण नियन्त्रणमा राहत पुर्‍याएको अनुसन्धानहरूले देखाएका छन् । तर, आममानिसमा भ्याक्सिनप्रतिको अविश्वास र भ्याक्सिनको प्रभावकारिताबारे यकिन तथ्यांक नआउँदा कतिपयले भ्याक्सिन लगाइरहेका छैनन् । खासगरी युवावर्गले नै भ्यक्सिन कम प्रयोग गरेको हुँदा जोखिम झन् बढेको विज्ञहरूको भनाइ छ । यस्ता भ्रमका कारण पनि भ्याक्सिन लगाउनेको संख्या कम भइरहेको छ जुन गलत हो ।

- कोभिड भाइरसविरुद्ध उत्पादन गरिएको भ्याक्सिनप्रति आमनागरिकको विश्वास बढाउन विभिन्न चेतनामूलक अभियान चलाउनुपर्ने विज्ञहरूको सुझाब छ । म्युटेड भएर आएका नयाँ भाइरस संक्रमणविरुद्ध भ्याक्सिन पूर्ण रूपमा प्रभावकारी नभए पनि संक्रमणको जोखिम घटाउन यसले महत्वपूर्ण भूमिका खेल्ने अनुसन्धानबाट पुष्टि भएको उनीहरूको भनाइ छ । 

- संक्रमण पुष्टि भइसकेका व्यक्तिहरूले तत्काल खोप लगाउनु हुँदैन । लक्षण देखिएको समयमा अन्य व्यक्तिमा पनि संक्रमण सर्ने र संक्रमणको समयमा भ्याक्सिनको प्रभावकारिता नहुने हुँदा संक्रमण निको भइसकेपछि मात्र खोप लगाउनुपर्छ । 

- एकपटक संक्रमण भइसकेको व्यक्तिमा एक डोज लगाउँदा पनि धेरै हदसम्म प्रभावकारी मानिन्छ । तर, सबै म्युटेड भाइरसमा खोपको प्रभावकारिता उस्तै नहुने हुँदा तत्कालका लागि खोपको दुवै डोज अनिवार्य गरिएको हो । 

- सिजनल फ्लु र कोभिडका लक्षणहरू उस्ताउस्तै हुँदा छुट्याउन गाह्रो हुन्छ । साथै, अधिकांशमा सिजनल फ्लुको भ्याक्सिनले कोभिडविरुद्ध पनि काम गर्न सक्छ भन्ने भ्रम छ, जुन गलत हो । महामारीको समयमा उपलब्ध भएसम्म कोभिडविरुद्धको भ्याक्सिन छुटाउनु हुँदैन । 

- हाल नेपालमा प्रयोग भइरहेका कोभिसिल्ड र भेरोसेल दुवै भ्याक्सिन कोभिडविरुद्ध प्रभावकारी मानिएका छन् । प्रतिशतका आधारमा भेरोसेलको तुलनामा कोभिसिल्ड बढी प्रभावकारी भए पनि शरीरमा संक्रमणविरुद्ध दुवै भ्याक्सिनले काम गर्न सक्छन् । 

- भ्याक्सिनले शरीरमा भाइरसविरुद्ध कति समयसम्मका लागि सुरक्षा दिन सक्छ भन्ने कुनै यकिन छैन । तर, शरीरमा एन्टिबडी उत्पादनका लागि संक्रमणपश्चात् पनि भ्याक्सिन लगाउन सकिन्छ । 

संक्रमण रोकथामका लागि भ्याक्सिनको प्रयोग मुख्य विकल्प मानिएको छ । तसर्थ, १८ वर्षभन्दामाथि उमेर समूहमा भ्याक्सिन प्रयोग गर्न विज्ञहरूको सुुझाब छ । 

 एजेन्सीहरूको सहयोगमा