मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २८ मंगलबार १७:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा उपनिर्वाचन : लुम्बिनी प्रदेशको कार्यतालिका सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २८ मंगलबार १७:३६:००

निर्वाचन आयोगले आगामी १७ जेठमा हुने लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा विजयी चन्द्रलाल खड्का एमालेमा प्रवेश गरेसँगै रिक्त रहेको उनको स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचन कार्यक्रम आयोगले मंगलबार स्वीकृत गरेको जनाएको छ । स्वीकृत कार्यक्रमअनुसार १ जेठमा मतदाता नामावली प्रकाशन गर्ने र दाबी विरोधको उजुरी दिने, २ र ३ जेठमा प्राप्त निवेदन तथा उजुरीउपर छानबिन र कारबाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको जनाएको छ । 

यस्तै ४ जेठमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने तथा ५, ६ र ७ जेठमा उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै ८ जेठमा उम्मेदवारले नाम फिर्ता लिने र ९ जेठमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगको भनाइ छ ।