१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २८ मंगलबार १४:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विशेष कारण देखाउँदै टेकु अस्पतालले रोक्यो पिसिआर परीक्षण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २८ मंगलबार १४:०३:००

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पिसिआर परीक्षण रोकेको छ । अस्पतालले मुख्य प्रवेशद्वारमा नै पिसिआर परीक्षण स्थगित गरिएको सूचना टाँसेपछि परीक्षण गर्न अस्पताल पुगेकाहरू त्यसै फर्किएका छन् ।

मुख्य गेटमा टाँसिएको सूचनामा भनिएको छ, ‘विशेष कारणवश अर्को सूचना नभएसम्मका लागि यस अस्पतालबाट गरिँदै आएको पिसिआर परीक्षण कार्य बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट आमसर्वसाधारणमा परेको असुविधाका लागि क्षमाप्रार्थी छौँ । ’

अस्पताल प्रशासन स्रोतका अनुसार प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको हो । 
यसैबीच, संघीय राजधानी काठमाडाैंकै अस्पतालमा पनि बिरामीहरू बेड नपाएर अस्पतालबाहिर बस्नुपरेको छ ।

कोभिड संक्रमण भई अक्सिजन दिनुपर्ने बिरामीहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको गेटबाहिर बसेर उपचार गराउन बाध्य भएका छन् ।