मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ५ आइतबार १९:१७:००
Read Time : < 1 मिनेट
समाचार

पशुपति शर्माको गीत हटाएकाे भन्दै विवेकशील साझा युवा संगठनको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ५ आइतबार १९:१७:००

गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीत प्रशारणबाट हटाउन बाध्य पारिएको भन्दै विवेकशील साझा युवा संगठनले अपत्ति जनाएको छ । संविधान प्रदत्त विचार र अभिव्यक्ति स्वतन्त्रताको हक विपरित गरिएको कार्यले राष्ट्रिय कलाकारको अपमान भएको संगठनद्वारा आइतबार जारी विज्ञप्तिमा जनाएको छ ।
  
विज्ञप्तिमा भनिएको छ, ‘देशमा व्याप्त भ्रष्टाचार, अनियमितता र बेथितिमाथि कटाक्ष गरिएको गीत गाउने गायकलाई आक्रोसपूर्ण (धम्की) शब्द प्रयोग गरी सत्तारूढ कम्युनिस्ट पार्टी निकट देखिने युवा संघ नेपालले आफ्नो फेसबुक पेजमा सन्देश प्रेषित गर्नु निन्दनिय छ।’

विकृति र विसंगतिविरुद्ध युवालाई परिचालन गर्नु पर्नेमा संघको अभिव्यक्त्तिले युवालाई देशका प्रमूख पार्टीले गलत रूपमा प्रयोग गरिरहेका छन् भन्ने कुरा पुष्टि हुने संगठनका संयोजक अब्दुस मिँयाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।