मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख २६ आइतबार १४:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोभिड संक्रमितका लागि अक्सिजन सिलिन्डर खोज्दै भक्तपुर प्रहरी

Read Time : < 1 मिनेट
२०७८ बैशाख २६ आइतबार १४:०५:००

कोभिड– १९ का बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन थालेपछि भक्तपुरमा प्रहरीले अक्सिजन सिलिन्डरको खोजी थालेको छ । महामारीका वेला स्वास्थ्य क्षेत्रबाहेकमा प्रयोग भइरहेका सिलिन्डरहरू संकलन गरेर बिरामीको उपचारमा प्रयोग गर्दा ज्याउ बचाउन सकिने भन्दै प्रहरीले यस्तो अभियान थालेको हो ।

जिल्लाका स्वास्थ्य क्षेत्रबाहेक जस्तैः उद्योग, कलकारखाना, कवाडी संकलन केन्द्रसमेतमा रहेका त्यस्ता अक्सिजन ग्यास सिलिन्डरहरू खोजी कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए ।

प्रहरीले यदि कसैसँग खाली तथा भरी सिलिन्डरहरू रहेको र प्रयोगविहीन रहेको भए उपलब्ध गराउनसमेत आग्रह गरेको छ । त्यसरी संकलन भएका सिलिन्डर प्रहरीले अस्पतालहरूलाई वितरणसमेत गर्न थालेको छ । गत बिहीबार लोकन्थलीस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा बिरामीहरूले प्रयोग गरिरहेको अक्सिजन सिलिन्डर सकिएको र अस्पतालमा मौज्दात नभएको जानकारी पाएपछि बिरामीहरूका आफन्तबाट जानकारी पाउनेबित्तिकै प्रहरीले १२ थान सिलिन्डर उपलब्ध गराएको डिएसपी गिरीले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म भक्तपुर अस्पताल, नेपाल–कोरियामैत्री अस्पताल र अल्का अस्पतालमा समेत भर्पाई गरी सिलिन्डरहरू पठाइएको छ । भक्तपुर इन्टरनेसनल अस्पतालका लागि १२, भक्तपुर अस्पतालका लागि ५५, अल्का अस्पतालका लागि तीन र नेपाल–कोरियामैत्री अस्पतालका लागि २५ थान सिलिन्डर गरी जम्मा ९५ थान सिलिन्डर कोरोना संक्रमितहरूको उपचारका लागि उपलब्ध गराइएको डिएसपी गिरीले जानकारी दिए ।