मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २६ आइतबार १३:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोनाको उपचारमा अक्सिजनको अभाव हुन दिँदैनौँ : राज्यमन्त्री मानन्धर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २६ आइतबार १३:२३:००

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना महामारी नियन्त्रणका लागि सरकारले आवश्यक सबै उपाय अवलम्बन गरिरहेको बताएका छन्  । आइतबार बिहान बालाजुस्थित जनमैत्री कोभिड अस्पतालको अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले निजी अस्पतालहरूमा पनि सहज रूपमा कोरोना उपचारका लागि राज्यले आवश्यक सहयोग र समन्वय गर्ने बताए।  

उनले देशभरका ठूला निजी अस्पतालहरूलाई आपतकालीन रूपमा कोभिड अस्पताल बनाउन आग्रह गर्दै बिरामीको उपचारमा लाग्ने आवश्यक आर्थिक तथा प्राविधिक सहयोग राज्यले गर्ने बताए । यस महामारीको अवस्थामा स्वास्थ्य  क्षेत्रमा अक्सिजनको अति आवश्यक रहेको हुँदा अन्य क्षेत्रमा अक्सिजनको खपत नगरिदिनुहुन उद्योगी तथा व्यवासयीहरूलाई आग्रह गरे ।  राज्यमन्त्री मानन्धरले कोभिड उपचारमा अक्सिजनको अभाव हुन नदिन सरकारले काम गरिरहेको बताउँदै केही दिनभित्रै अक्सिजनको समस्या समाधान हुने बताए ।

सरकारले संक्रमणको अवस्था हेरेर निषेधाज्ञा जारी गरेको बताउँदै सबैले पालना गरेमा केही दिनमा महामारी नियन्त्रणमा आउने बताए ।  महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत सम्बद्ध व्यक्तिको राज्यले उच्च मूल्यांकन गरेको बताउँदै मन्त्री मानन्धरले उनीहरूको सेवा सुविधा र परिवारको सुरक्षाप्रति राज्य गम्भीर रहेको बताए । हरेक नागरिकको जीवनरक्षा सरकारको प्राथमिकता भएको बताउँदै उनले उपचारका क्रममा समस्या भएमा राज्यको निकायमा सम्पर्क गर्न अनुरोध गरे । 

बालाजुस्थित जनमैत्री अस्पतालमा आजैदेखि ३० बेडको कोरोना अस्पताल सञ्चालन हुन लागेको र केही दिनभित्र ४० बेडको आइसियूसहित एक सय २० बेड सञ्चालनमा ल्याइने अस्पतालका निर्देशक उमेश पाण्डेले जानकारी दिए ।  गत वर्ष भदौदेखि पुससम्म कोभिडका बिरामीको उपचार गरेर अस्पताल बन्द भएको थियो ।