मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २६ आइतबार १३:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खनाल–नेपाल समूह भर्चुअल बैठकमा, निर्णय पर्खिँदै ओली पक्ष 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २६ आइतबार १३:१४:००

प्रधानमन्त्री केपी ओलीले पार्टी एकताको ढोका बन्द गरे सांसद पदबाट सामूहिक राजीनामा दिने गरी हस्ताक्षर गरेको एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहका स्थायी समिति सदस्यहरूबीच छलफल सुरु भएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी समिति सदस्यहरूसँग भर्चुअल माध्यमबाट अहिले पालैपालो छलफल गरिरहेको उनका स्वकीय सचिव मोहन गौतमले बताए । २ जेठ ०७५ को अवस्थामा पार्टीलाई फर्काउने गरी ओली समूहले लचकता अपनाए राजीनामा रोकेर सोमबार सरकारलाई विश्वासको मत दिने खनाल–नेपाल समूहको निष्कर्ष छ । तर, शनिबारका त्यस्तो निष्कर्षपछि पनि ओली पक्षले खनाल–नेपाल समूहका नेतासँग संवाद अगाडि बढाएको छैन ।

ओली समूह भने खनाल–नेपाल पक्षको स्थायी समितिको निर्णयपछि मात्र परिस्थिति हेरेर छलफल गर्ने योजनामा देखिएको छ । ‘उताबाटै साथीहरूले छलफलका लागि खबर गर्ने कुरा थियो,’ संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘तर अहिलेसम्म कुनै खबर आएको छैन, समय मिलाउनुभो भने हामी कुरा गर्छौँ ।’ खनाल–नेपाल समूहका सांसदहरूले सामूहिक राजीनामाको निर्णय गरेपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा आन्तरिक रूपमा पनि कुनै छलफल नभएको नेता नेम्वाङले बताए ।