मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ बैशाख २६ आइतबार १२:१३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोनाका कारण पोखरामा  थप ११ जनाको मृत्यु      

गण्डकीमा मृत्यु हुनेको संख्या दुई  सय ६२ पुग्यो      

Read Time : < 1 मिनेट
२०७८ बैशाख २६ आइतबार १२:१३:००

कोरोना संक्रमणका कारण पोखरामा थप ११ जनाको निधन भएको छ । संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका उनीहरूको पोखराका विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । 

मृत्यु भएकामध्ये कास्कीको पोखरा महानगरपालिकाका ६, स्याङ्जाका दुई, पर्वत, म्याग्दी र रुपन्देहीका एक–एकजना रहेका निर्देशनालयका निर्देशक विनोदबिन्दु शर्माले जानकारी दिए ।

थपिएका मृतकसँगै कोरोनाका कारण गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या दुई  सय ६२ पुगेको छ ।