Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २५ शनिबार २०:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कमिसनखोरलाई तत्काल छानबिन र कारबाही गरी खोपको सहज आपूर्ति गर्न राप्रपाको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २५ शनिबार २०:४६:००

राप्रपाले जनस्वास्थसँग खेलवाड गर्ने कमिसनखोरलाई तत्काल छानबिन र कारबाही गरी खोपको सहज आपूर्ति गर्न माग गरेको छ । राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले प्रेस विज्ञप्ति जारी गरी भारतको सिरम इन्स्टिच्युटसँग खरिद भएको र खरिद गर्ने भनिएको कोभिसिल्ड खोप कमिसन चलखेलका कारण आयात रोकिएको खबरले नेपाली जनमानस स्तब्ध, आश्चर्यचकित र आक्रोशित भएको बताएका छन् । 

संकटको समयलाई पनि नाफा आर्जनको मौकाका रूपमा लिइनु अमानवीय र व्यावसायिक धर्मविपरीत भएको उनीहरूको ठहर छ । विद्यमान कोभिड संकटको नियन्त्रण र रोकथाममा सम्पूर्ण सामथ्र्य लगाई नेपाली जनजीवनलाई थप नोक्सान हुनबाट जोगाउन सरकारको थप तदारुकताको खाँचो पनि उनीहरूले औँल्याएका छन् । 

देश नै अप्ठ्यारोमा परेका वेला हेलिकोप्टर कम्पनीहरूले भाडामा व्यापक वृद्धि गरिनु, अत्यावश्यक औषधि, अक्सिजनलगायतका वस्तुको कालोबजारी हुनु अकल्पनीय र नेपालीको मौलिक चरित्रविपरीतका गतिविधि भएको भन्दै राणा, लोहनी र थापाले प्रभावकारी अनुगमन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् । 

उनीहरूले संक्रमण हुनबाट जोगिन भौतिक दूरी कायम, मास्कको अनिवार्य प्रयोगजस्ता स्वास्थ्य मापदण्ड पालना गर्न आमजनसमुदायमा अपिल पनि गरेका छन् । विपद्को समयमा जनताको सेवामा पूर्ण रूपले समर्पित हुन पार्टीका सबै तहका नेता कार्यकर्तालाई आह्वान पनि गरेका छन् ।