मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २५ शनिबार १७:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संवैधानिक परिषद् बैठक स्थगित गर्न प्रचण्डको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २५ शनिबार १७:१८:००

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेता र सभामुखसमेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा संवैधानिक परिषद् बैठक स्थगित गर्न माग गरेका छन् । शनिबार विज्ञप्ति जारी गर्दै प्रचण्डले संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायका साथ बोलाइएको बैठकमा सहभागी नहुन अन्य सदस्यलाई पनि आग्रह गरेका छन् । 

‘प्रमुख प्रतिपक्ष दलका नेता र सभामुखसमेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रह गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरूसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ’, प्रचण्डको विज्ञप्तिमा छ । 

उनले संविधानको मर्म र भावनाविपरीत संवैधानिक निकायहरूलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित प्रधानमन्त्री केपी ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको पनि उल्लेख गरेका छन् । 

लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठकमार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गर्न थालेको प्रचण्डको विज्ञप्तिमा छ ।