मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख २५ शनिबार १३:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अदालतमा कार्यरत प्रहरी नायब निरीक्षक मृत भेटिए

Read Time : < 1 मिनेट
२०७८ बैशाख २५ शनिबार १३:०९:००

उच्च अदालत पाटन हेटौँडा इजलासमा कार्यरत प्रहरी नायब निरीक्षक (सइ) मृत अवस्थामा भेटिएका छन् ।  हेटौँडा–१ राप्ति खोलामा ४७ वर्षीय प्रहरी नायब निरीक्षक केशवबहादुर खत्रीको शव शनिबार बिहान भेटिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार खोलामा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले खबर गर्नासाथ घटनास्थलमा पुगेपछि सइ खत्री रहेको पुष्टि भएको हो । 

‘स्थानीयको खबर पाएपछि घटनास्थलमा पुगेर हेर्दा शव उत्तानो परेको अवस्थामा भेटिएको थियो’ मकवानपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) जयश्वर रिमालले भने । गोरक्षश्वर मन्दिर नजिक खोलामा डुबेको अवस्थामा खुट्टाको भाग र बाँकी भाग बाहिर रहेको अवस्थामा खत्रीको शव फेला परेको रिमालले बताए । 

घटनाको प्रारम्भिक अनुसन्धानमा खत्रीले विष सेवन गरेको हुन सक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी रिमालले बताए ।