मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख २५ शनिबार ११:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निषेधाज्ञाको पहिलो दिन रौतहट सुनसान

Read Time : < 1 मिनेट
२०७८ बैशाख २५ शनिबार ११:०८:००

निषेधाज्ञाको पहिलो दिन आज रौतहटमा सवारी आवागमनमा कडाइ गरिएको छ । बिना काम हिँड्ने सवारी साधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाका प्रमुख व्यापारीक बजार चन्द्रनिगाहपुर,गौर,गरुडा,कटहरिया लगायका स्थानका बजार पुर्ण रुपमा बन्द  छन् ।

कोरोनाका कारण रौतहटमा ज्यान गुमाउनेको संख्या बढ्दै जान थालेपछि आजबाट निषेधाज्ञा लागु गर्नु परेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । 

पुर्व पश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहपुरमा प्रहरी निरीक्षक अरबिन्द साहको कमाण्डमा खटिएको टोलीले बिना काम हिँडेका दर्जन बढी सवारी साधान नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरमा बुझाएको छ ।

चन्द्रनिगाहपुर क्षेत्रमा आज बिहानैबाट सवारी साधन,व्यापारी प्रतिष्ठान ,होटल तथा पसल पुर्ण रुपमा बन्द गराउने काम भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका सई किरण अधिकारीले जानकारी दिए । रौतहटमा कोरोना महामारी बढ्दै गएपछि स्थानीय प्रशासनले निषेज्ञा गर्ने निर्णय गरेको हो ।