मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
एजेन्सी लन्डन
२०७८ बैशाख २५ शनिबार ०९:०४:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएलका बाँकी खेल गर्न इंग्ल्यान्ड इच्छुक

Read Time : > 1 मिनेट
एजेन्सी लन्डन
२०७८ बैशाख २५ शनिबार ०९:०४:००

इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले १४औँ इन्डियन प्रिमियर लिग (आइपिएल)का बाँकी खेल आयोजना गर्ने चासो देखाएका छन् । यसै मंगलबार सहभागी खेलाडी, प्रशिक्षक तथा स्टाफमा कोरोना संक्रमित भएपछि आइपिएल स्थगित भएको हो । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)का उपाध्यक्ष राजीव शुक्लाले स्वास्थ्य र मानवीय सुरक्षार्थ आइपिएल तत्कालका लागि स्थगित भएको जनाएका थिए । 

उपाध्यक्ष शुक्लाले आइपिएलका बाँकी खेल कहाँ गराउने स्पष्ट नगरे पनि युएईमा हुन सक्ने जनाएका थिए । आइपिएल स्थगित भएको एक साता नबित्दै इंग्ल्यान्डले प्रतियोगिताका ३१ खेल आयोजना गर्ने इच्छा सार्वजनिक गरेको हो । इंग्ल्यान्डले छिटै बिसिसिआईसमक्ष आयोजनाको प्रस्ताव पठाउने तयारी गरेको छ । तर, बिसिसिआईले यस सम्बन्धमा केही पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । 

यद्यपि बिसिसिआई नयाँ खेल स्थलको खोजीमा भने छ । इंग्ल्यान्डले वान्किसायर, सुरेयी तथा मेरिलेबन क्रिकेट क्लबका मैदानमा आइपिलको खेल स्थलका रूपमा खाका बनाएको छ । यसैगरी लान्कसायेर तथा वर्ल्ड ट्राफोर्ड पनि आइपिएलको भेन्युका रूपमा रहन सक्छन् । इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसिबी)ले बिसिसिआईसँगको वार्ता भइरहेको बताएको छ । 

‘हामीले बिसिसिआईसँग भारतको इंग्ल्यान्ड भ्रमणसँगै आइपिएलका बाँकी खेल आयोजना गर्ने पक्षमा कुराकानी गरेका छौँ, हामी प्रस्ताव पठाउने तयारीमा छौँ,’ इसिबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यद्यपि बिसिसिआईले चासो देखाएको छैन ।’ इसिबीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको खेल तालिकामा कुनै असर नपर्ने गरी आइपिएल इंग्ल्यान्डले सफलतापूर्वक गर्न सक्ने दाबी गरेको छ । 

आउने १४ सेप्टेम्बरमा इंग्ल्यान्ड र भारतबीच पाँच टेस्ट सिरिज हुनेछ । त्यसपछि इंग्ल्यान्डले बंगलादेश र पाकिस्तानको भ्रमण गर्नेछ । भारतमा १४ अक्टोबरदेखि आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिता सुरु हुनेछ । इंग्ल्यान्डको मुख्य उद्देश्य नै आफ्नै घरेलु मैदानमा आइपिएल हुँदा टी–२० विश्वकपको समेत तयारी गरिरहेका खेलाडीको प्रदर्शन नजिकबाट हेर्ने हो । 

घर फर्कंदै खेलाडी 
आइपिएल स्थगित हुँदा सबैभन्दा ठूलो समस्याका रूपमा विदेशी खेलाडीलाई कसरी सुरक्षित रूपमा घर पठाउने थियो । तर, आइपिएलमा सहभागी भएका ११ मध्ये आठ इंग्लिस खेलाडी घर पुगेको बिबिसीले जनाएको छ । जोस बटलर, जासन रोय, साम कुरान, टोम कुरान, क्रिस वर्कस, जोनी वेरिस्टो, मोइन अली, साम विलिंग्स बुधबार बिहान लन्डन पुगेका छन् । 

इंग्ल्यान्ड टोलीका टी–२० का कप्तान इयोन मोर्गान, फास्ट बलर क्रिस जार्डान र डाविद मालना माल्दिभ्सको बाटो अपनाउँदै इंग्ल्यान्ड पुग्नेछन् । घर पुगेका सबै इंग्लिस खेलाडीले सरकारले निर्धारण गरेको होटेलमा १० दिनको क्वारेन्टिनमा बस्नेछन् । क्वारेन्टिनमा बसेको आठौँ दिनमा कोरोना परीक्षणमा खेलाडी सहभागी हुनुपर्नेछ । परीक्षणका क्रममा नेगेटिभ आएका खेलाडी आ–आफ्नो घर जान पाउनेछन् । 

यसैगरी अस्ट्रेलिन खेलाडी डेभिड हसी, प्याट क्युमिन्स तथा वेन कटिङ पनि माल्दिभ्समा पुगेका छन् । माल्दिभ्समा कोरोनाको निश्चित प्रोटोकल अपनाएर उनीहरू अस्ट्रेलिया फर्कने तयारीमा छन् । अस्ट्रेलियन सरकारले आइपिएलमा सहभागी आफ्ना खेलाडीलाई माल्दिभ्स वा श्रीलंकामा क्वारेन्टिनमा बसी घर फर्कन भनेको छ । बंगलादेशका दुई खेलाडी सकिव अल हसन तथा मुस्तफिजुर रहमान बिहीबारै घर पुगेका छन् ।