मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २४ शुक्रबार १७:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले आइतबार बोलाए संवैधानिक परिषद् बैठक, सभामुख उपस्थित नहुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २४ शुक्रबार १७:१०:००

प्रधानमन्त्री केपी ओलीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका छन् । आइतबार बिहान ९ बजे बोलाइएको बैठकमा लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक आयोगमा भएका रिक्ततालाई पूर्ति गर्ने सन्दर्भमा छलफल हुने बताइएको छ । 

तर, बैठकमा सभामुख अग्निप्रसाद सापकोटा भने उपस्थित नहुने बताइएको छ ।