Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २४ शुक्रबार १५:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्लाज्मा दान गर्न मेयर शाक्यको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २४ शुक्रबार १५:१९:००

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्भव हुनेहरूलाई प्लाज्मा दान गर्न आग्रह गरेका छन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मेयर शाक्यले अस्पतालमा उपचाररत कोभिडका धेरै बिरामीका लागि प्लाज्मा चाहिएको हुनाले दान गर्न मिल्नेजतिलाई दान गर्न आग्रह गरेका हुन् ।

कोभिड संक्रमणबाट बच्नु र बचाउनु सबैको दायित्व भएको भन्दै उनले संघीय सरकार, प्रदेश सरकार र अन्य नगरपालिकाहरूसँग समन्वय गरेर ठूला अस्पतालहरूमा बिरामीको चाप घटाउने तयारी भइरहेको बताए । 

त्यस्तै, उनले अस्पतालमा अक्सिजनको अभाव नभई सिलिन्डरको अभाव भएको बताएका छन् । महामारीमा आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चय गरेर नराख्न पनि व्यक्ति, संस्था र उद्योगलाई आग्रह गरेका छन् ।

शाक्यले कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।