मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ १३ बिहीबार
  • Thursday, 27 May, 2021
२०७८ बैशाख २४ शुक्रबार ११:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मलामी बोकेको जिप दुर्घटना हुँदा १७ जना घाइते, दुईको अवस्था गम्भीर

Read Time : < 1 मिनेट
२०७८ बैशाख २४ शुक्रबार ११:५६:००

पर्वतमा मलामी बोकेको जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पर्वतको कुश्मा नगरपालिका– १३ खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजारस्थित अस्पतालसम्म आउँदै गरेको ग.२च ५२१३ नम्मरको जिप कुश्मा नगरपालिका– १० सिमखेतमा दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् । 

घाइतेमध्ये १६ वर्षीय अमन परियार र ५७ वर्षीय माने परियारलाई गम्भीर चोट लागेको छ । घाइतेहरूको अहिले पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका बिरामीलाई थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले बताए । 
 
घाइते हुनेमा एउटै गाउँका बलबहादुर परियार, डिलबहादुर परियार, रामचन्द्र परियार, शक्ति परियार, मिठु परियार, सुमित परियार, रविना परियार, अंकित परियार, उज्ज्वल परियार, बाबुराम परियार, डिले परियार, मीन परियार, अनिनाथ परियार, अमृशा परियार र पृथ्वी परियार रहेका छन् । सामान्य घाइते रहेका चालक अनिनाथ परियारको  प्रहरीको निगरानीमा उपचार भइरहेको छ । 

उनीहरू कुश्मा नगरपालिका– १३ खौलालाँकुरीकै विष्णु परियारको अस्पतालमा मिर्गाैला डायलासिस गराउने क्रममा मृत्यु भएपछि शव जिम्मा लिनका लागि अस्पताल आउने क्रममा दुर्घटना भएको हो । विष्णु परियारको पर्वत अस्पतालमा २३ गते मृत्यु भएको हो । क्षमताभन्दा बढी यात्रु बोकेको जिप ओरालो सडकमा अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय पर्वतले जनाएको छ ।