मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख २४ शुक्रबार ०४:०७:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्ष कोरोनाका शंकास्पद बिरामीले भरियो, अस्पतालबाहिर र ग्यालरीमा राखेर उपचार गरिँदै

Read Time : > 1 मिनेट
२०७८ बैशाख २४ शुक्रबार ०४:०७:००

श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि गोदावरी नगरपालिका– ३ का एक कोरोना संक्रमितलाई आफन्तले बुधबार सेती प्रादेशिक अस्पताल पु¥याए । तर, अस्पतालका बेड भरिभराउ थिए । बेड नपाएपछि आफन्तले अन्यत्र लैजानभन्दा त्यहीँ कतै राखेर उपचार गराउन उचित ठाने । अस्पतालको ग्यालरीमा राखेर उनको उपचार सुरु भयो । तर, उनले एक दिनपछि नै बिहीबार प्राण त्यागे । 

‘समयमै अक्सिजन, भेन्टिलेटर पाएको भए सायद बुबालाई बचाउन सकिन्थ्यो होला,’ मृतकका छोरा श्याम ताम्राकारले नयाँ पत्रिकासँग भने, ‘केही समय अक्सिजनका लागि कुर्नुप¥यो । बेड नपाउँदा ग्यालरीमै राखियो ।’ बिरामीको अवस्था गम्भीर भएपछि अक्सिजनसहित थप उपचारमा सहज होस् भनेर बिहीबार उनलाई ग्यालरीबाट अस्पतालको बाहिर राखेर उपचार थालिएको थियो । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बिरामीको चाप अत्यधिक बढेकाले सबैलाई शड्ढया उपलब्ध गराउन नसकिएको बताए । 

यो त प्रतिनिधि घटना मात्र हो । सेती प्रादेशिक अस्पतालमा शड्ढया अभाव भएपछि ग्यालरी, भ¥याङमुनि र भवनबाहिर आँगनमा राखेर उपचार थालिएको छ । आकस्मिक कक्ष कोरोनाका बिरामीले भरिएको छ भने बिरामीको चाप एक्कासि बढेको छ ।

कोरोनाको लक्षण भएका बिरामीको चाप बढेपछि आकस्मिक कक्षको २० शड्ढयाले धान्न नसक्दा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले बताए । आकस्मिक कक्षको क्षमताभन्दा चार गुणा बढी बिरामीलाई भर्ना लिएर सेवा दिइएको उनले बताए । कोरोनाको लक्षण देखिएकालाई आकस्मिक कक्षमा भर्ना गर्ने गरिएको छ । उनीहरूमध्ये अधिकांशमा परीक्षणपछि कोरोना देखिने गरेको अस्पतालले जनाएको छ । शड्ढया अभावले बिरामीहरू अस्पतालको आँगनमा खुला आकाशमुनि रात बिताइरहेका छन् । कतिपय बिरामीले समयमै उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था छ । बिरामीका आफन्त शड्ढया, चिकित्सक र अक्सिजन खोज्न भौँतारिरहेका देखिन्छन् ।

बिरामीलाई कतै न कतै राखेर भए पनि उपचार गराउन प्रयास भइरहेको मेसु पाण्डेयको भनाइ छ । ‘अस्पतालले थेग्नै नसक्ने गरी बिरामीको चाप बढिरहेको छ,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पाण्डेयले भने, ‘उपचार गर्न आएका बिरामीलाई फर्काउनुभएन । भित्र ठाउँ नभएपछि बाहिर राखेर भए पनि बिरामीको ज्यान जोगाउने कोसिस गरिरहेका छौँ ।’

कोरोनाको लक्षण देखिएका बिरामीलाई परीक्षणको रिपोर्ट नआउन्जेल आकस्मिक कक्षमा राख्ने गरिएको छ । बिहीबारसम्ममा अस्पतालको ग्यालरी मात्र होइन, परिसर नै बिरामीले भरिभराउ भएको छ । सिलिन्डरका लाइन देखिन्छन् । अक्सिजन दिएर बाहिरै बिरामीको उपचार भइरहेको छ । 

आकस्मिक कक्ष भरिएपछि त्यसको बाहिर पेटी र रूखमुनि राखेर शंकास्पद बिरामीको उपचार गर्ने गरिएको छ । अक्सिजन आवश्यक भएका बिरामीलाई अक्सिजन सिलिन्डरसमेत बाहिरै राखेर अक्सिजन दिने व्यवस्था मिलाइएको छ । लक्षण देखिएका बिरामीको चाप धान्नै नसक्ने गरी बढेको अस्पतालले जनाएको छ । परीक्षणपछि संक्रमण देखिएकालाई सेती प्रादेशिक अस्पतालअन्तर्गत कोरोना अस्थायी अस्पतालमा स्थानान्तरण गरिन्छ ।

लक्षण देखिएकामध्ये अधिकांशमा परीक्षणपछि कोरोना देखिने गरेको बताइएको छ । ‘कोरोना वार्ड र आकस्मिक कक्षमा बिरामीको चाप उपलब्ध जनशक्ति र पूर्वाधारले थेग्न नसक्ने अवस्था आइसक्यो,’ मेसु पाण्डेयले भने, ‘एक स्वास्थ्यकर्मीले ३५ जना बिरामी हेर्नुपर्ने अवस्था छ ।’ जनशक्तिसँगै अक्सिजनको पनि समस्या रहेको उनले बताए ।

नेपाली सेनाको सहयोगमा अस्पतालबाहिर टेन्ट राखिएको छ । उपचारका लागि आउने बिरामीलाई टेन्टमा जाँच गरेर कोरोनाको लक्षण देखिएकालाई आकस्मिक कक्ष र अन्य बिरामीलाई ओपिडीमा उपचार गर्ने व्यवस्था गरिएको छ । ६० शड्ढयाको कोरोना अस्पतालमा बिहीबार ५८ जना संक्रमित उपचाररत छन् । तीमध्ये २० जना आइसियू, तीनजना भेन्टिलेटर, २८ जनालाई अक्सिजन सपोर्ट र सातजनालाई मोडरेट सपोर्ट दिएर उपचार गरिरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।