मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २३ बिहीबार १९:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टीे र लोकतान्त्रिक गणतन्त्र बचाउन जे गर्न पनि तयार छौँ : अष्टलक्ष्मी शाक्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २३ बिहीबार १९:१८:००

एमाले नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी र लोकतान्त्रिक गणतन्त्र बचाउन आफूहरू जे पनि गर्न तयार रहेको बताएकी छिन् । रामेछापका नेता तथा कार्यकर्ताहरूसँगको भर्चुअल कार्यक्रममा बिहीबार शाक्यले गलत बाटोमा हिँडेका प्रधानमन्त्री केपी ओलीलाई सत्ताबाट हटाउनैपर्ने बताइन् ।

अप्ठ्यारो वेला पद छाड्न पनि तयार रहेको भन्दै उनले सामूहिक राजीनामा दिने विकल्पमा पनि छलफल भएको बताइन् । उनले स्थायी कमिटी बैठक बसेर आवश्यक निर्णय लिने पनि बताइन् । ओलीलाई सच्चिने मौका दिए पनि सच्चिने अवस्था नदेखिएको उनको भनाइ छ । 

उनले ओलीले नेतृत्व गरेको एमालेको कमिटीमा आफूहरू नरहेको पनि बताइन् । उनले भनिन्, ‘संघर्ष गरेर एमाले र लोकतान्त्रिक गणतन्त्रलाई बचाउने अभियानमा छौँ ।’ 

नेकपा बन्नुअघिको अवस्था (२ जेठ) मा आएपछि मात्र मिल्ने अवस्था बन्ने उनले बताइन् । त्यसका लागि गठन गरिएको भनिएको आयोजक कमिटी विघटन गर्नुपर्ने र पुरानै कमिटीले निर्णय गर्नुपर्ने उनले बताइन् । 

ओली विश्वासको मत लिएर थप निरंकुश बन्न खोजेको र विश्वासको मत नपाए फेरि संसद भंग गर्ने अवस्थामा रहेको शाक्यको आशंका छ ।