मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७८ बैशाख २३ बिहीबार १६:०६:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

१२ अंकले घट्यो नेप्से, कारोबार रकम ६ अर्बमाथि

Read Time : > 1 मिनेट
२०७८ बैशाख २३ बिहीबार १६:०६:००

साताको अन्तिम कारोबार बिहीबार नेप्से परिसूचक १२ दशमलव ४७ अंकले घटेर २ हजार ६ सय ३७ दशमलव १३ बिन्दुमा पुगेको छ । त्यस्तै ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ९० बिन्दुले घटेर ४ सय ७२ बिन्दुमा पुगेको छ । 

यस दिन काराबोरमा आएका १३ समूहमध्ये ३ समूहको सूचक मात्र सकारात्मक रहेका छन् भने बाँकी ११ समूहकोे सूचक नकारात्मक रहे । सबैभन्दा धेरै हाइड्रोपावर समूहको सूचक घटेको छ भने सबैभन्दा बढ्ने समूहको सूचकमा बैंकिङ समूह छ ।

८ कम्पनीको सकारात्मक सर्किट
बिहीबार ८ कम्पनीको सेयरमूल्यमा करिब १० प्रतिशतले सर्किट लागेको छ । जनउत्थान लघुवित्त वित्तीय संस्था, खानी खोला हाइड्रोपावर, महिला लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्था, रुरु जलविद्युत् परियोजना, युनियन हाइड्रो पावर कम्पनी, जोशी हाइड्रो पावर, लक्ष्मी बैंकका लगानीकर्ताले यस दिन सबैभन्दा धेरै नाफा कमाएका छन् । 

बिहीबार जनउत्थान लघुवित्तको त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुनमा संस्था नाफामा गएको विवरण सार्वजनिक भएपछि यसका लगानीकर्ताले थप उत्साहित भएका छन् । जसका कारण लगानीकर्ताले लगानी बढाएका हुन् । 

यस वित्तीय संस्थाको प्रतिसेयर मूल्य ३९ सय ७२ रुपैयाँ पुगेको छ भने महिला लघुवित्त संस्थाको प्रतिसेयर मूल्य ५ हजार ३० रुपैयाँ पुगेको छ । त्यस्तै, महिला लघवित्त वित्तीय संस्थाका लगानीकर्ताले पनि सो दिन १० प्रतिशतले सर्किट लाग्दै प्रतिसेयर मूल्य ५ हजार ३० रुपैयाँ पुगेको छ ।

सबैभन्दा धेरै घट्नेमा विशाल बजार कम्पनी रहेको छ । कम्पनीको नेपाल धितोपत्र बोर्डले गत अघिल्लो हप्ताबाट फुकुवा गरेसँगै कम्पनीको लगातार सर्किट मूल्यमा कारोबार हुँदै प्रतिसेयर मूल्य ८ हजार २ सय ८ रुपैयाँबाट बिहीबार उल्टो सर्किट लागेर प्रतिसेयर मूल्य ६ हजार ७ सय १६ रुपैयाँमा आइपुगेको छ ।

अघिल्लो हप्ताबाट दोस्रो कारोबारमा सर्किट मूल्यमै रहेर कारोबार हुँदैै आएको सिँगटी हाइड्रो इजर्नीको ९ दशमलव ७ प्रतिशतले उत्टो घटेको छ । त्यस्तै घट्ने कम्पनीमा एनगडी ग्रुप पावर कम्पनीको पनि ८ दशमलव ५७ प्रतिशतले घटेको छ ।
धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय १६ कम्पनीका १ करोड ५९ लाख कित्ता इकाइ सेयर किनबेच हुँदा ६ अर्ब ७९ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा कम्पनीमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट डेभलपमेन्ट रहेको छ ।

कम्पनीको सो दिन ४६ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार हुनेमा नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक रहेको छ । बैंकको सो दिन ४२ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, काराबोर हुनेमा लक्ष्मी बैंक रहेको छ । बैंकको सो दिन २६ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।