मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २३ बिहीबार १२:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आन्तरिक तयारी गरेर मात्र बादलको विषयमा निर्णय गर्ने एमाले स्थायी कमिटीको निष्कर्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २३ बिहीबार १२:२९:००

नेकपा एमालेले आकस्मिक रूपमा बोलाएको स्थायी कमिटी बैठक सकिएको छ । बिहीबार बालुवाटारमा बसेको बैठकले जेठ ६ गते हुने राष्ट्रिय सभाको आसन्न निर्वाचनमा बादललाई उम्मेदवार बनाउने विषयमा आन्तरिक छलफल गरेर मात्र निष्कर्षमा पुग्ने निर्णय गरेको छ । 

एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले राष्ट्रिय सभाको आसन्न निर्वाचनमा विपक्षी गठबन्धनसँग मिलेर डा. खिमलाल देवकोटालाई उम्मेदवार तय गरेपछि एमाले अध्यक्ष केपी ओलीले यस्तो निर्णय गरेको नेता  प्रदीप ज्ञवालीले जानकारी दिए ।  उम्मेदवारको जित सुनिश्चित हुने गरी अगाडि बढ्ने  निर्णय गरिएको  पनि उनले बताए । 

सरकारले विश्वासको मत लिनका लागि आगामी सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशन आव्हान गरिसकेको छ । यसको पुर्वसन्धामा प्रधानमन्त्री ओलीले बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासंग भेटी आफुलाई विश्वासको मत दिन आग्रह गरेका थिउ । तर कांग्रेसले सहयोग गर्न नसक्ने जनाइसकेको छ ।