१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २३ बिहीबार ११:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंका सार्वजनिक स्थललाई नियमित निसंक्रमण गर्दै महानगर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २३ बिहीबार ११:१८:००

कोरोना संक्रमण बढेपछि काठमाडौं महानगरपालिकाले अस्पताल, सुरक्षा जाँच र कार्यालयजस्ता व्यक्तिहरू आवतजावत हुने सार्वजनिक ठाउँ, एम्बुलेन्सजस्ता सवारीसाधनको निसंक्रमणलाई निरन्तरता दिएको छ ।

महानगरले निसंक्रमणका लागि ठूला जेट मेसिनको प्रयोग गर्दै आएको छ । ‘संक्रमण बढ्दो अवस्थामा छ । यसवेला सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नु नै महामारी नियन्त्रणको भरपर्दो
माध्यम हो,’

प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली भन्छन्, ‘बन्दाबन्दी भए पनि कतिपय मानिस अत्यावश्यक कामले बाहिर निस्किनुपर्ने हुन्छ । यसरी मानिस आवतजावत हुने ठाउँ, सुरक्षा जाँच गर्ने ठाउँ र अस्पताल परिसरलाई केन्द्रित गरेर निसंक्रमणको काम गरिरहेका छौँ ।’ 

अघिल्लो वर्ष संक्रमण सुरु भएसँगै महानगरले निसंक्रमण थालेको थियो । अहिले त्यसैलाई निरन्तरता दिएको हो । महानगरले गएको वर्ष बन्दाबन्दीमा पनि सार्वजनिक ठाउँमा निसंक्रमण गरेको थियो । यस वर्ष निसंक्रमणको कामलाई महामारी नियन्त्रणमा नआउञ्जेल जारी राख्ने प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भनाइ छ ।