मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २३ बिहीबार १०:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेले बालुवाटारमा आकस्मिक बोलायो स्थायी कमिटी बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २३ बिहीबार १०:४३:००

नेकपा एमालेले आकस्मिक रूपमा स्थायी कमिटी बैठक बोलाएको छ । १० बजे बोलाइएको बैठकमा सहभागी हुन नेताहरू जम्मा भइरहेका छन् । संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ठोस एजेन्डा नभए पनि समसामयिक विषयमा छलफल हुने बताए । 

एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले राष्ट्रिय सभाको आसन्न निर्वाचनमा विपक्षी गठबन्धनसँग मिलेर डा. खिमलाल देवकोटालाई उम्मेदवार तय गरेकै भोलिपल्ट प्रधानमन्त्री केपी ओलीले स्थायी कमिटीको बैठक बोलाएका हुन् ।

एमालेले गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार तय गरेको छ ।