१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २३ बिहीबार ०८:२७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एसिया पहिलाभन्दा पनि बलियो  भएर उदाउनेछ : एडिबी अध्यक्ष 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २३ बिहीबार ०८:२७:००

एसियाली विकास बैंकका अध्यक्ष मासात्सुगु आसाकावाले एसिया–प्रशान्त क्षेत्र कोरोना महामारीअघिको भन्दा पनि बलियो रूपमा उदाउन सक्ने बताएका छन् । बैंकको ५४औँ वार्षिक सम्मेलनका क्रममा एडिबीका बोर्ड अफ गभर्नरलाई सम्बोधन गर्दै आसाकावाले यस्तो बताएका हुन् । ‘एसियाली क्षेत्रको समृद्ध, समावेशी, बलियो एवं दिगो भविष्यका लागि पाँच क्षेत्रमा ध्यान दिनुपर्ने देखिन्छ,’ उनले भने ।

एसियाली क्षेत्रको दिगो तथा समतामूलक पुनरुत्थानका लागि आर्थिक विकासको केन्द्रमा जलवायु परिवर्तन रोक्ने महत्वाकांक्षी कार्यक्रमलाई राख्नुपर्ने उनले बताए । ‘सबैभन्दा पहिलो पेरिस सम्झौताप्रति पूर्णप्रतिबद्ध रहँदै जलवायु परिवर्तनको अनुकूलन र लचकतामा ध्यान दिनुपर्छ,’ उनले भने । खासगरी यो महामारीका वेलामा असमानता विशेषगरी लैंगिक विभेद अझै बढेकाले त्यसलाई सम्बोधन गर्नुपर्ने पनि उनले बताए ।

त्यसका लागि स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षामा लगानी बढाउनु जरुरी रहेको उनको भनाइ थियो । त्यस्तै, उच्च गुणस्तरीय हरित तथा डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्ने पनि उनले बताए । एडिबीले सन् २०२० मा सदस्य राष्ट्रहरूलाई ६१ अर्ब ६० करोड अमेरिकी डलर सहयोगको प्रतिबद्धता गरेको छ । त्यसमध्ये आधाभन्दा धेरै महामारीविरुद्ध जुध्न प्रदान गरिएको पनि अध्यक्ष आसाकावाले बताए । सन् १९६६ मा स्थापना भएको एसियाली विकास बैंकका ६८ सदस्य छन् ।