मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २२ बुधबार १९:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनीमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन १७ जेठमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २२ बुधबार १९:४३:००

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट रिक्त बनेको राष्ट्रिय सभा सदस्य पदका लागि आगामी १७ जेठमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले त्यसका लागि बुधबार सूचना जारी गरेको छ ।

माओवादी केन्द्रबाट राष्ट्रिय सभामा निर्वाचित चन्द्रबहादुर खड्कालाई पार्टीबाट हटाएपछि रिक्त रहेको एक सिटमा १७ वैशाखमा उपनिर्वाचनको मिति तय भएको निर्वाचन आयोगले जनाएको छ ।