१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शिल्पा कर्ण काठमाडौं
२०७८ बैशाख २२ बुधबार १९:३८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

देशभरका २२ न्यायाधीशमा कोरोना

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०७८ बैशाख २२ बुधबार १९:३८:००

देशभरका २२ जना न्यायाधीशमा कोरोना संक्रमण देखिएको छ । सर्वोच्च अदालतले बुधबार एक सूचना जारी गर्दै झन्डै दुर्ई दर्जन न्यायाधीशका साथै एक सय ३९ जना अदालतका कर्मचारीसहित जम्मा एक सय ६१ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । 

सर्वोच्च अदालतका सात कर्मचारी संक्रमित छन् भने सबैभन्दा बढी जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासका १५ जना कर्मचारीमा संक्रमण देखिएको छ । तुलसीपुर उच्च अदालतको नेपालगन्ज इजलास र बाँके जिल्ला अदालतमा १३–१३ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ । उच्च अदालत पाटनका १२ कर्मचारी संक्रमित भएका छन् । 

यसैगरी उच्च अदालत जनकपुर वीरगन्ज इजलास र काठमाडौं जिल्ला अदालतका चार–चारजना न्यायाधीशमा कोरोना पुष्टि भएको छ । उच्च अदालत विराटनगर, तुलसीपुरको नेपालगन्ज इजलास र दिपायलको महेन्द्रनगर इजलासका एक–एकजना न्यायाधीशलाई कोरोना संक्रमण देखिएको छ भने तुलसीपुरको बुटवल इजलासमा दुई न्यायाधीश संक्रमित भएका छन् ।