१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २२ बुधबार १७:१०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

नेपालमा एकै दिन ५८ संक्रमितको मृत्यु, आठ हजार ६५९ मा संक्रमण पुष्टि

देशभर ६६ हजार तीन सय ५२ जना सक्रिय संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २२ बुधबार १७:१०:००

कोरोना संक्रमणबाट एकै दिन ५८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा यो जानकारी दिएका हुन् । यो संख्या एकै दिन मृत्यु हुने हालसम्मकै धेरै हो । 

कोरोना संक्रमण पनि हालसम्मै धेरैमा पुष्टि भएको छ । गौतमका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा आठ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर विधिबाट आठ हजार ६ सय पाँच र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए । 

गौतमका अनुसार काठमाडौंमा तीन हजार आठ सय ४९, ललितपुरमा पाँच सय १८ र भक्तपुरमा चार सय ५८ जनामा संक्रमण पुष्टि भएको छ । 

देशभरका प्रयोगशालाबाट बुधबार २० हजार सात सय ५६ नमुनाको पिसिआर परीक्षण गरिएको छ भने ६ सय १६ जनाको एन्टिजेन परीक्षण गरिएको गौतमले बताए । 

देशभर ६६ हजार तीन सय ५२ जना सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा चार हजार सात सय ६४ र होम आइसोलेसनमा ६१ हजार पाँच सय ८८ जना रहेका छन् । 

पछिल्लो २४ घन्टामा एक हजार नौ सय ९३ जना संक्रमणमुक्त भएका छन् ।

एक–अर्कालाई संक्रमणको दृष्टिले हेरेर दूरी दुई मिटर कायम गर्न, मास्कको सधैँ प्रयोग गर्न र हातको सरसफाइमा सधैँ ध्यान दिन उनले अनुरोध गरे ।