१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ बैशाख २२ बुधबार १०:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना संक्रमित महिलाले जन्माइन् स्वस्थ बच्चा

Read Time : < 1 मिनेट
२०७८ बैशाख २२ बुधबार १०:५०:००

नेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमित महिलाले स्वस्थ बच्चा जन्माएकी छिन् । रुकुमकी ३२ वर्षीया कोरोना संक्रमित महिलाले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २१ वैशाख दिउँसो ३:१३ बजे स्वस्थ बच्चा जन्माएको अस्पतालका उपनिर्देशक नितेश कनोडियाले जानकारी दिए । उनको यो तेस्रो बच्चा हो । 

४१ हप्ताकी गर्भवती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको थियो । २० वैशाखमा स्वाब परीक्षण गर्दा २१ वैशाखमा उनको कोरोना रिपोर्ट पजिटिभ आएको थियो । 

अस्पतालमा कार्यरत प्रोफेसर डा. मिता सिंह, गाइनोक्लोजिस्टद्वय डा. कविता सिंह र गोमा रिमाल, एनेस्थेसिया डा. शैलेन्द्र शाक्य, बालरोग विशेषज्ञ डा. श्यामनन्दन शाह, स्टाफ नर्स सरस्वती श्रेष्ठ, शेमा शाही, अम्बी महरा र सहयोगी प्रेमको टोलीले अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलालाई बच्चा जन्माउन सहयोग गरेको डा. कनोडियाले जानकारी दिए । 

ती महिलाले दुई किलो सात सय ग्रामको स्वस्थ बच्चा जन्माएको र आमा तथा बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।