१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २२ बुधबार ०६:३०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भाइरसरहित बनाउने गोदरेजको भाइरोसिल्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २२ बुधबार ०६:३०:००

चौधरी ग्रुपअन्तगर्तको सिजी इलेक्ट्रोनिक्सले कुनै पनि साना सामान तथा खानेकुरालाई भाइरसमुक्त बनाउन भाइरोसिल्ड उपयुक्त हुने दाबी गरेको छ । कम्पनीले भाइरोसिल्डले युभी–सी किरणमार्फत २ देखि ६ मिनेटभित्रमा ९९ प्रतिशतभन्दा बढी कोभिड–१९ भाइरसबाट सुरक्षा प्रदान गर्ने जनाएको हो । 

भाइरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन​, तरकारी, फलफूलका साथै मोबाइल​, ट्याब्लेट​, पर्स, किताब​, पैसा, साँचो, मास्क, पन्जा, स्टेसनरी, बच्चाहरूको खेलौनाजस्ता कुराहरू राख्न सकिने कम्पनीले जनाएको छ । तर, यसमा औषधि, ब्याट्री, पावर बैंकजस्ता सामानहरू भने राख्न नहुने जनाइएको छ । 

आइसिएमआर ल्याबद्वारा सर्टिफाइड अत्यधिक युभी ट्युब र रिफ्लेक्टिभ बनावट भ​एको गोदरेज भाइरोसिल्डमा एक वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ । कोभिड​–१९ को संक्रमण दिनानुदिन बढ्दै गइरहेकाले खाद्यान्न तथा दैनिक प्रयोग हुने मोबाइल, ट्याब्लेटजस्ता सामग्रीलाई संक्रमणको घेराभन्दा बाहिर राख्न भाइरोसिल्ड उपयोगी हुने कम्पनीको दाबी छ ।

घर, हस्पिटल, बैंक तथा अन्य सेवा प्रदानरत संघ–संस्थाहरूमा पनि आफ्नो वरिपरि रहेका सामानहरूलाई जीवाणुरहित बनाउन गोदरेजको भाइरोसिल्ड उपयुक्त भएको कम्पनीले जनाएको छ ।